Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • निर्धारित समयमै क्लिन फिड लागू गरिने

    निर्धारित समयमै क्लिन फिड लागू गरिने

    अनलाइन नेपाल
  • मंगलबार, ६ असोज २०७७
  • 2.4K
    SHARES

    काठमाडौँ – सरकारले आउँदो कात्तिक ८ गतेभित्रै विदेशी टेलिभिजन च्यानलहरूमा क्लिन फिड लागू गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त समयभित्रै क्लिन फिड लागूू गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका हुन् ।

    प्रतिनिधि सभा विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले प्रधानमन्त्री केपी शर्मा ओलीले ८ गतेभित्रै क्लिन फिड लागूू गर्ने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी गर्न मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिए ।



    ऐनमा भएको व्यवस्थाबमोजिम समयमै क्लिन फिड लागू गर्न मन्त्रालय प्रतिबद्ध रहेको पनि उनले बताए । समितिको बैठकले पनि तोकिएकै समयमा क्लिन फिड लागू गर्न सरकारलाई निर्देशन दिएको छ । बैठकले कात्तिक ७ भित्र विज्ञापन बोर्ड गठन गरी ऐनको दफा ६ बमोजिम डाउनलिङ्क अनुमति लिएर नेपालमा प्रसारण गरिरहेका टेलिभिजन च्यानलहरूलाई विज्ञापनरहित बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा नारायण काफ्ले र विश्वास रेग्मीले लेखेका छन् ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार