Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • पहिलो पटक १२ कम्पनीलाई नेपाली चियाको ट्रेडमार्क

    पहिलो पटक १२ कम्पनीलाई नेपाली चियाको ट्रेडमार्क

    अनलाइन नेपाल
  • मंगलबार, ६ असोज २०७७
  • 2.9K
    SHARES

    विराटनगर । नेपाली अर्थोडक्स चियाले आफ्नै ट्रेडमार्क पाएको २ वर्षपछि नेपाली चिया कम्पनीहरूले विश्व बजारमा आफ्नो उत्पादनमा सो ट्रेडमार्क प्रयोग गर्न पाउने भएका छन् । ‘नेपाल टी क्वालिटी फ्रम द हिमालयाज’ लेखिएको लोगोसहितको ट्रेडमार्कका लागि आवेदन दिएका ४२ चिया कम्पनीमध्ये पहिलो चरणमा १२ चिया कम्पनीले ट्रेडमार्क प्रयोग पाउँदै छन् । यी कम्पनीलाई कृषिमन्त्री घनश्याम भुसालले इलामको फिक्कलमा यसका लागि मंगलवार प्रमाणपत्र वितरण गर्दै छन् ।

    राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख इन्द्रप्रसाद अधिकारीले यी १२ कम्पनीले ‘नेपाल टी क्वालिटी फ्रम द हिमालयाज’ लेखिएको लोगोसहितको अर्थाेडक्स नेपाली चिया अब विश्व बजारमा निर्यात गर्न पाउनेछन् । यो ट्रेडमार्क २०७४ चैतमा सार्वजनिक गरिएको थियो ।



    ट्रेडमार्क कार्यान्वयनमा आएपछि विश्व बजारमा नेपाली चियाको विश्वसनीयता बढ्ने नेपाल टि प्लान्टर्स एशोसिएशनका सल्लाहकार उदय चापागाईंले बताए । १५७ वर्षअघि गजराज सिंह थापाले चीनबाट ल्याएको चिया रोपेर नेपालमा चियाको उत्पादन शुरू गरेयता पहिलोपटक नेपाली चियाले आफ्नै पहिचानसहित विश्व बजारमा प्रतिस्पर्धा गर्ने उनले बताए ।



    विश्व बजारमा धारापानी चियाको नामले चिनिनुुभन्दा नेपालको चियाको नामले चिनिनुले छुट्टै अर्थ राख्ने भएकाले किसान, व्यवसायी र उद्योगीका लागि यो खुशीको अवसर भएको उनले बताए।

    ट्रेडमार्क प्रयोग गर्न चिया उत्पादकले बोर्डले तोकेको मापदण्ड पूरा गरी बोर्डमा आवेदन दिनुपर्छ । ट्रेडमार्क कार्यान्वयनका लागि ‘नेपाल अर्थाेडक्स चिया सर्टिफिकेशन ट्रेडमार्क कार्यान्वयन निर्देशिका–२०७४’ मै तयार भइसकेको छ ।

    नेपालमा साना र मझौला गरी १ सय चिया उद्योग रहेको र अब उनीहरूले ट्रेडमार्कका लागि निर्धारित नियम र परिधिमा रहेर चियाको उत्पादन गर्नुपर्ने चुनौती रहेको चापागाईंले बताए । नेपाल सरकारले ट्रेडमार्क दिए पनि अब त्यसलाई कार्यान्वयन गर्न उद्योगी व्यवसायीलाई चुनौती थपिएको चापागाईंको भनाइ छ ।

    यूरोपेली युनियन, जर्मन टि एशोशिएशनलगायतमा नेपालको ट्रेडमार्कसहितको चियालाई स्वीकृतिका लागि आवेदन दिनुपर्ने र उताबाट स्वीकृति भएपछि मात्रै हाम्रो लोगोसहितको चिया यूरोपको बजारमा पुग्ने उनले बताए ।

    नेपाल चिया उत्पादक संघका पूर्वअध्यक्ष तथा वरिष्ठ सल्लाहकार चण्डी पराजुलीले नेपालको पहिचानलाई विदेशमा पुुर्‍याउन लोगोले मद्दत गर्ने बताए । यसले सबैलाई उत्साही बनाएको र अब दार्जिलिङ टी का नाममा विश्व बजारमा नाम कमाएको भारतीय चियासँग नेपाली चियाले प्रतिस्पर्धा गर्ने अवस्था आएको उनले बताए ।

    प्रदेश १ बाट निकासी हुने २० लाख किलो सीटीसी र १० लाख किलो अर्थाेडक्स चियाको निकासी मेची भन्सार नाकाबाट हुँदै आएको छ । अर्थाेडक्स चिया र सीटीसी चिया मेची भन्सारबाट निकासी हुने वस्तुको पहिलो सूचीमा पर्दै आएको छ ।आजको आर्थिक अभियान दैनिकबाट

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार