Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • आईपीएल : आरसीबीसँग हैदराबाद १० रनले पराजित

    आईपीएल : आरसीबीसँग हैदराबाद १० रनले पराजित

    अनलाइन नेपाल
  • मंगलबार, ६ असोज २०७७
  • 2.6K
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा सोमबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै बैंगलोरले सुखद सुरुवात गरेको हो ।

    बैंगलोरले दिएको १ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबाद १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५३ रनमा समेटियो । हैदराबादका लागि जोनी बेयरस्टोले ६१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै मनिस पाण्डेले ३४ तथा प्रियाम गार्गले १२ रन बनाए । कप्तान डेभिड वार्नर ६ रनमा आउट भए ।



    हैदराबादका युजभेन्द्र चाहलले ३ विकेट लिए । शिवम डुबे र नाभदिप सैनीले २÷२ विकेट लिए भने डेल स्टेनको नाममा एक विकेट रह्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । बैंगलोरका लागि डेभदत्त पडीक्कल र एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले । पडीक्कल ५६, फिन्च २९, रनमा आउट भए । यस्तै डी भिलियर्सले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।



    कप्तान विराट कोहली १४ रनमा आउट हुँदा शिवम डुबेले ७ रन बनाए । हैदराबादका विजय शंकर, थानगारासु नटराजन र अविशेक शर्माले १÷१ विकेट लिए । जितसँगै बैंगलोरले पहिलो खेलमा २ अंक जोडेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार