Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • अत्याधिक रक्तस्रावका कारण सुत्केरीको मृत्यु, शिशुको स्वास्थ्यमा पनि समस्या

    अत्याधिक रक्तस्रावका कारण सुत्केरीको मृत्यु, शिशुको स्वास्थ्यमा पनि समस्या

    अनलाइन नेपाल
  • सोमबार, ५ असोज २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    प्युठान । अत्याधिक रक्तस्रावका कारण प्युठान अस्पताल बिजुवारमा एक सुत्केरीको मृत्यु भएको छ ।

    सुनिलस्मृति गाउँपालिका–२ रोल्पा निवासी २५ वर्षीया नेत्री सिंहको सुत्केरी भएपछि मृत्यु भएको प्युठान अस्पतालले जनाएको छ ।



    आज बिहान २ बजे छोरा जन्माएपछि रक्तस्रावका कारण बिहान ७ बजे सिंहको मृत्यु भएको अस्पतालका नर्सिङ इञ्चार्ज नेहा थापाले बताइन् ।



    शिशुको स्वास्थ्यमा समेत समस्या देखिएकाले बुटवल रेफर गरिएको उनले जानकारी दिइन् । रोल्पाबाट सुत्केरी गराउनका लागि आइतबार बेलुकी सिंहलाई अस्पताल ल्याइएको थियो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार