Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप, प्रबक्ता शर्मा भन्छन् : ‘गृहमन्त्रीजी के हुँदैछ गुल्मीमा?’

    प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप, प्रबक्ता शर्मा भन्छन् : ‘गृहमन्त्रीजी के हुँदैछ गुल्मीमा?’

    अनलाइन नेपाल
  • सोमबार, ५ असोज २०७७
  • 3.3K
    SHARES

    काठमाडाैं । गुल्मीमा नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

    रेसुङ्गा नगरपालिका-१२ मा रहेको रानीपोखरी निम्न माध्यमिक विद्यालयको भवन निर्माणकाे विषयलाई लिएर झडप भएको हो । केही दिनअघि रानीपोखरी निमाविको भवन निर्माणका विषयमा नेकपा कार्यकर्ता र कांग्रेस कार्यकर्ताबीच विवाद भएको थियो ।



    विवादकै क्रममा नेकपाका कार्यकर्ताले नेपाली कांग्रेसका कार्यकर्तामाथि कुटपिट गरेर गम्भीर बनाएको नेपाली कांग्रेस गुल्मीले बताएको छ । आफ्ना कार्यकर्तालाई कुटपिट गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै जिल्ला प्रशासन कार्यलय अगाडि कांग्रेसका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका थिए ।



    कांग्रेसका कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालयभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो । प्रहरीले प्रशासन कार्यालयभित्र छिर्न नदिएपछि प्रहरी र उनीहरुबीच झडप भएको हो ।

    झडपमा कांग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ र प्रदेश नेता पूर्ण केसीलगायत व्यक्तिहरु घाइते भएका छन् । झडपमा चार जना प्रहरी पनि घाइते भएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    यसैबीच कांग्रेसले गुल्मी जिल्ला सभापति भुवन श्रेष्ठमाथि प्रहरीले दुर्व्यवहार गरेको जनाएको छ। स्थानीय प्रशासनको दूर्व्यवहारको घटनाप्रति प्रधानमन्त्री समेतको ध्यानाकर्षण गराउँदै गृहमन्त्रीबाट तत्काल सार्वजनिक स्पष्टीकरण माग गरेको छ।

    ‘आज गुल्मी जिल्लाको स्थानीय एक मुद्दामा केन्द्रित रहेर कांग्रेस जिल्ला कार्यसमितिले जिल्ला प्रशासन कार्यालय समक्ष ज्ञापन पत्र बुझाउने कार्यक्रम राखेको थियो ।

    ’काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाको प्रतिकूलता दृष्टिगत गरेर भौतिक दुरी कायम गर्दै निकालिएको र्‍याली पछि जिल्ला प्रशासन कार्यालय पुगेका पार्टीको जिल्ला नेतृत्व र साथीहरुलाई प्रशासन कार्यालयमा प्रवेश गर्नुपूर्व रोकियो । रोकिएपश्चात ज्ञापन पत्र बुझाउन जान दिन आग्रह गरिरहँदा प्रहरीद्वारा उल्टै बल प्रयोग गरियो।’

    शान्तिपूर्ण प्रदर्शन गर्न पाउने, आफ्नो विमती, विरोध र माग प्रस्तुत गर्न पाउने संविधानप्रदत अधिकार प्रयोग गर्दा यो प्रकारको व्यवहार गरिएको विषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको शर्माले बताए।

    गुल्मी घटनाको यथार्थ छानविन गरेर घटनाका दोषीलाई कार्वाही गर्न नेपाली कांग्रेस माग गरेको छ। यस्ता प्रकारका घटना दोहोर्‍याएर प्रतिपक्षलाई जिस्काउने कार्य नगर्न गृह प्रशासनलाई नेपाली कांग्रेस कडा चेतावनी दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार