Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • खेलकुद पूर्वाधार निर्माणका लागि प्रस्ताव आह्वान

    खेलकुद पूर्वाधार निर्माणका लागि प्रस्ताव आह्वान

    अनलाइन नेपाल
  • सोमबार, ५ असोज २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले स्थानीय तहमा निर्माण गरिने खेलकुद पूर्वधार खेलग्राम निर्माणका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।

    मन्त्रालयले सोमबार सूचना जारी गर्दै स्थानीय तहलाई खेलग्राम निर्माणको लागि प्रस्ताव पेश गर्न आह्वान गरेको हो । चालु आर्थिक वर्ष २०७७/७८ का लागि मन्त्रालयले थप ३० वटा पालिकामा खेलग्राम निर्माणको लागि प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।



    मन्त्रालयले जारी गरेको सुचनामा ३५ दिन भित्र आवश्यक प्रक्रिया पुरा गरेर मन्त्रालयको खेलकुद पूर्वाधार विकास शाखा वा राष्ट्रिय खेलकुद परिषद त्रिपुरेश्वरमा प्रस्ताव पेश गर्न सकिने उल्लेख छ ।



    स्थानीय तहमा खेलकुद पूर्वाधार निर्माण सम्बन्धी कार्यविधि र मन्त्रालयले पठाएको नमुना खेलग्रामको अवधारणा अनुसार प्रस्ताव पेश गर्नु पर्नेछ । जसमा फुटबल मैदान, क्रिकेट मैदान, भलिबल मैदान, कभर्ड हल, ट्रयाक एन फिल्ड, वाकिङ रुट, फुट ट्रेल, स्वीमिङ पुल, पार्क लगायतका पूर्वाधार समेटिनु पर्नेछ ।

    सरकारले देशभरका स्थानीय तहमा खेलकुद पूर्वाधार निर्माण गर्ने उद्देश्यले ‘एक स्थानीय तहमा एक खेलग्राम’ को नीति ल्याएको थियो ।

    सरकारले ७० प्रतिशत र स्थानीय तहले ३० प्रतिशत लगानी व्यवस्थापन गर्ने मोडालिटी सहितको खेलग्रामको अवधारणा अघि सारेको हो । स्थानीय तहसँगको साझेदारीमा मन्त्रालयले गत वर्षबाट ८४ वटा पालिकामा खेलग्राम निर्माण सुरु गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार