Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • रिया ड्रग्स केसः श्रद्धा कपुर र अली खानलाई प्रहरीले सोधपुछ गर्न सक्ने

    रिया ड्रग्स केसः श्रद्धा कपुर र अली खानलाई प्रहरीले सोधपुछ गर्न सक्ने

    अनलाइन नेपाल
  • सोमबार, ५ असोज २०७७
  • 3.2K
    SHARES

    एजेन्सी । सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा जोडिएको ड्रग्स केसमा नायिका श्रद्धा कपुर र सारा अली खानलाई यसैहप्ता सोधपुछका लागि बोलाउने सम्भावना छ ।

    मिडिया रिपोर्ट अनुसार नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले दुबैजनालाई समन पठाउन सक्नेछ ।



    सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले सोधपुटमा श्रद्धा र साराको नाम लिएको बताइन्छ । एनसीबीले रियालाई दुई दिनको सोधपुछपछि सेप्टेम्बर ८ तारिखमा पक्राउ गरेको थियो । उनी मुम्बईको भायखला जेलमा छिन् ।



    रियाको जमानतको आग्रह दुई पटक खारेज भइसकेको छ । उनले सुशान्तका लागि ड्रग्सको बन्दोबस्त गरिदिने आरोप छ । ड्रग्स केसमा एनसीबीले रिया र उनका भाइ शोविकसमेत हालसम्म २० जनालाई पक्राउ गरेको छ ।

    यसमा सुशान्तका कर्मचारी र लागुऔषध कारोबारी पनि समावेश छन् । सुशान्त केसमा ड्रग्सको कनेक्सनको खुलासा रियाको ह्वाट्सएप च्याट सार्वजनिक भएपछि भएको हो । च्याटमा ड्रग्स खरिद गर्नेबारे कुरा गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार