Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • ‘पार्टीलाई संकटबाट जोगाउन विशेष महाधिवेशन बोलाऊ’

    ‘पार्टीलाई संकटबाट जोगाउन विशेष महाधिवेशन बोलाऊ’

    अनलाइन नेपाल
  • सोमबार, ५ असोज २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विशेष महाधिवेशन बोलाएर भएपनि पार्टी बचाउनुपर्ने बताएका छन् । नेतृत्वको नियत हेर्दा अधिवेशननै टारेर पार्टीलाई संकटतिर धकेल्ने कोशिस देखिएको उनको भनाइ छ । सोमबार एक विज्ञप्ति जारी गर्दै पौडेलले भने, ‘एकै महिनामा सम्पन्न हुन सक्ने समायोजन कार्य कतिपय जिल्लामा एक वर्ष बितिसक्दा पनि सम्पन्न गराइएको छैन । समायोजन नै नभएपछि कृयाशील नवीकरण र वितरण त्यसै रोकिएर बस्ने भयो र अधिबेशननै अन्योलमा पर्ने स्थिति पैदा भयो ।’

    आसन्न फागुनमा महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिँदै पार्टीलाई संकटबाट जोगाउन विशेष महाधिवेशन बोलाउनुपर्ने उनको भनाइ छ । उनले भने, ‘त्यसै भएर बाँकी रहेको ५ महिना सिङ्गैको अबधिलाई सदुपयोग गरी समयमा महाधिवेशन सम्पन्न गरौं भन्ने हो । त्यो पनि नगरेर अधिबेशननै टार्ने , नगर्ने नियत रहने हो भने पार्टीलाई संकटबाट जोगाउन विशेष महाधिवेशन बोलाएर भने पनि पार्टी वचाउन सकिन्छ भन्ने मेरो आशय हो ।’



    पौडेलले पार्टीको वैधानिक व्यवस्था स्मरण गराउँदै विशेष महाधिवेशनको कुरा अगाडि सारेको देखिन्छ । उनले भने, ‘नेपाली काँग्रेसको वर्तमान विधानअनुसार पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको पदावधि ४ वर्ष तोकिएको छ। असाधारण परिस्थिति परेको खण्डमा केन्द्रीय कार्यसमितिले बढीमा एक वर्षसम्म अवधि वढाउन सक्नेछ भनिएको छ । जसअनुसार विधानतः आउँदो फागुन उता यो कार्यसमिति कायम रहन सक्ने आधार समाप्त हुँदैछ ।



    आफू गत महासमितिको वैठक देखिनै पार्टीमा अधिवेशनको कार्यतालिका बनाएर “सुनौलो भविष्यका लागि समयबद्ध काम गरौं” भन्दै आएको पौडेलले बताए । कोरोना महामारीले १४ औं महाधिवेशन अन्यौल बनेपछि काँग्रेसमा विकल्पबारे बहस सुरु भएको छ । फागुन ७ देखि १० का लागि निर्धारित महाधिवेशन नहुने करिब निश्चित भएपछि महाधिवेशनको मोडालिटी परिवर्तनमा बहस हुन थालेको हो ।

    पार्टी सभापति देउवाले संवैधानिक संकट खडा गरेर वर्तमान कार्यसमितिलाई निरन्तरता दिने बाटो रोज्न सक्ने भन्दै पौडेलले पुरानै प्रतिनिधिबाट १४ औँ महाधिवेशन गर्न सकिने गरी महाधिवेशनको विकल्प अगाडि सारेका हुन् । यसो गर्दा क्रियाशील सदस्यता वितरण, नवीकरण, पार्टी संयोजनजस्ता कार्यसूची पूरा नभए पनि पुरानै प्रतिनिधिको आधारमा महाधिवेशन गराउन सकिने उनको तर्क छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार