Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्याजको कालोबजारी गरेको अभियोगमा दुई जना पक्राउ

    प्याजको कालोबजारी गरेको अभियोगमा दुई जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ५ असोज २०७७
  • 1.8K
    SHARES

    मोरङ । विराटनगर महानगरपालिका-९ स्थित पसलहरूमा बजार मूल्य भन्दा बढी दर राखी प्याज विक्री गरी रहेकाे अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा विजय कुमार योगेस पसलका संचालक ३८ वर्षीय संजय कुमार गुप्ता र तनिसा ट्रेडर्सका संचालक २९ वर्षीय मुकेश कुमार सहनी रहेका छन् ।



    गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।



    उनीहरूलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद थप गरी कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार