Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • अतिक्रमित वनको जग्गा फिर्ता गराउन समिति गठन

    अतिक्रमित वनको जग्गा फिर्ता गराउन समिति गठन

    अनलाइन नेपाल
  • सोमबार, ५ असोज २०७७
  • 2.2K
    SHARES

    फाइल तस्बिर

    सिरहा । सिरहाका विभिन्न स्थानमा अतिक्रमित सामुदायिक वनको जग्गा फिर्ता गराउन समिति गठन गरिएको छ ।

    सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलको अध्यक्षतामा बसेको बैठकले जिल्लामा अतिक्रमित सामुदायिक वनको जग्गा फिर्ता गराउन डिभिजन वन कार्यालय लहान सिरहाका प्रमुख सुभासचन्द्र दासको संयोजकत्वमा समिति गठन गरेको हो ।



    भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका प्रमुख, नापी कार्यालय सिरहाका प्रमुख र सम्बन्धित वडाका जनप्रतिनिधि सदस्य रहने गरी समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी कणेलले जानकारी दिए ।



    समितिले अतिक्रमणमा परेको जग्गाको अभिलेख तयार पार्ने र फिर्ता ल्याउने आधार तयार पार्ने कार्यादेश पाएको छ । सिरहाको गोलबजार नगरपालिकाको चोहर्वास्थित मारुती सिमेन्ट उद्योगले सामुदायिक वनको साढे तीन बिघा जग्गा अतिक्रमण गरेको भन्दै स्थानीयवासीले आन्दोलन शुरु गरेपछि जग्गा फिर्ता गराउन प्रदेश नं २ का मुख्मन्त्री लालबाबु राउतको निर्देशनमा अतिक्रमित जग्गा फिर्ता गराउन समिति गठन गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार