Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कोरोना संक्रमणबाट बाँकेमा कैदीबन्दीको मृत्यु

    कोरोना संक्रमणबाट बाँकेमा कैदीबन्दीको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ५ असोज २०७७
  • 2.8K
    SHARES

    फाइल तस्बिर

    नेपालगन्ज ।  कोरोना भाइरस संक्रमणबाट बाँकेमा एक कैदीबन्दीको मृत्यु भएको छ ।

    सुर्खेतको गुर्भाकोट ४ सहारेका ५८ बर्षीय कैदीबन्दीको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।



    दमको बिरामी रहेकाले श्वासप्रश्वासमा जटिल समस्या रहेका ती कैदीबन्दीलाई उपचारका लागि सुर्खेत कारागारबाट नेपालगन्ज कारागारमा सारिएको थियो ।



    कर्तव्य ज्यान मद्दामा उनले कारागारमा सजाय भुक्तान गरिरहेका थिए । उनको भदौ २१ गते स्वाब लिइएको थियो । सोही दिन उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

    २२ गते अस्पताल भर्ना भएका उनको सोमबार बिहान ६ बजेर २५ मिनेटमा मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

    त्यस्तै बाँके जिल्लामा बाहिर जिल्लाबाट आएर उपचारका क्रममा मृत्यु हुनेको संख्या भने ४ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार