स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकै दिन मात्र बिभिन्न मुद्धामा फरार रहेका ४८ जना प्रतिवादीहरूलाई पक्राउ गर्न सफल भएको छ।
आज जिल्ला प्रहरी कार्यालय स्याङ्जा र मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले अदालतहरूको फैसलाले कर्तव्य ज्यान, हाडनाता करणी, लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशवण्डा ,सम्बन्ध विच्छेद, कुटपिट, लुटपाटलगायतका बिभिन्न मुद्धाका फरार रहेका ४८ जना प्रतिवादीहरूलाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराएको छ।
फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत विगत १ महिनामा बिभिन्न मुद्धाका ८३ जना फरार प्रतिवादीहरू पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा पेश गरिएको पनि स्याङ्जाका प्रहरी प्रमुख एसपी होमिन्द्र बोगटीले जानकारी दिए।
हाडनाता करणी मुद्धामा २ बर्ष कैद फैसला भई बिगत २३ बर्ष देखी फरार रहेका स्याङ्जा हरिनाश ५ बस्ने बर्ष ६४ का कर्ण बहादुर मह भन्ने कर्ण बहादुर भट्टक्षेत्रीलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।
सवारी ज्यान मुद्धामा २ बर्ष कैद फैसला बिगत १५ बर्ष देखी फरार रहेका स्याङ्जा चापाकोट बस्ने बर्ष ४५ का भक्त सुनारी मगर र डाँका चोरी मुद्धामा ६ बर्ष कैद फैसला भई १० बर्ष देखी फरार रहेका स्याङ्जा हरीनास बस्ने बर्ष ६२ का लालबहादुर नाम्जालीलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी जिल्ला अदालत स्याङ्जामा पेश गरिएकोमा उनीहरुलाई कैद भुक्तानको लागि कारागार कार्यालय स्याङ्जामा चलान गरिएको छ ।
Leave a Reply