Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • अफताब आलम मुद्दाको फाइल मगाउन सर्वोच्चकाे आदेश

    अफताब आलम मुद्दाको फाइल मगाउन सर्वोच्चकाे आदेश

    अनलाइन नेपाल
  • आइतबार, ४ असोज २०७७
  • 6.5K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । सर्वोच्च अदालतले पूर्वमन्त्री अफताब आलमसम्बन्धी मुद्दाको फाइल मगाउने आदेश जारी गरेको छ ।

    न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज ईंटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रतिनिधिसभाका निलम्बित सांसद तथा पूर्वमन्त्री आलामको मुद्दाका सम्बन्धमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले पुर्पक्षका लागि थुनामा पठाउने आदेश (कैफियत प्रतिवेदन) मगाउने आदेश जारी गरेको हो ।



    जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आधार र कारणसहित आदेश सर्वोच्च अदालतले माग गरेको हो । आलमले कोभिड–१९ को महामारीको समयमा जेलभित्र सङ्क्रमणको जोखिम भएको उल्लेख गर्दै गत भदौ ३१ गते हिराई माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सोही निवेदन माथिको प्रारम्भिक सुनुवाई पछि सो आदेश जारी भएको हो ।



    आलमलाई २०७६ कात्तिक २९ गते जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो । जिल्ला अदालतको आदेशलाई २०७६ माघ २४ गते उच्च अदालत वीरगञ्जले सदर गरेको थियो । सरकारी वकिल कार्यालय रौतहतले आलमलाई ४५ वर्ष कैद सजायको माग गर्दै मुद्दा दायर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार