Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कांग्रेस संसदीय दलको आग्रह : अनसनरत डा. केसीका माग सम्बोधन गर

    कांग्रेस संसदीय दलको आग्रह : अनसनरत डा. केसीका माग सम्बोधन गर

    अनलाइन नेपाल
  • आइतबार, ४ असोज २०७७
  • 2.1K
    SHARES

    काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलले अनसनरत डा. गोविन्द केसीका माग सम्बोधन नगरेको भन्दै सरकारकाे ध्यानाकर्षण गराएकाे छ ।

    कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज एक विज्ञप्तिमार्फत चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार एवं परिवर्तनका लागि जुम्लामा अनसनरत डा. केसीकाे दिनप्रति दिन स्वास्थ्य स्थिति नाजुक भइरहँदा पनि सरकारले उनको मागलाई वेवस्ता गर्नु दुःखद भएको उल्लेख गरे ।



    कांग्रेस संसदीय दलले सबै नेपाली नागरिकको स्वास्थ्यमा सरल र सहज रुपले पहुँच होस् र विपन्न परिवारका छोराछोरीले पनि सहज र सुलभ तरिकाले चिकित्सा शिक्षा हासिल गरोस् भन्ने उद्देश्यका साथ जनहितका लागि गरिएको सत्याग्रहप्रति ऐक्यबद्धता जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार