Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • बुहारीलाई पटक-पटक बलात्कार गरेकाे आराेपमा पक्राउ

    बुहारीलाई पटक-पटक बलात्कार गरेकाे आराेपमा पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ४ असोज २०७७
  • 3.9K
    SHARES

    भोजपुर । जिल्ला प्रहरी कार्यालय भाेजपुरले बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४५ वर्षीय पुरुषलाई पक्राउ गरेकाे छ ।

    भाेजपुरकाे टेम्केमैयुङ गाउँपालिका बस्ने ४५ वर्षीय पुरुषलाई २० वर्षीया बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार दिउँसो पक्राउ गरिएकाे केन्द्रीय प्रहरी समाचार कक्षले जनाएकाे जनाएकाे छ ।



    पक्राउ परेकाे पुरुषले गत साउन १६ गते र भदौ ३१ गते बुहारीलाई जबरजस्ती करणी गरेको पीडीत महिलाले बताएकाे प्रहरीले जनाएकाे छ । यसबारेमा प्रहरीफले थप अनुसन्धान गरिरहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार