Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • काेराेनाबाट थप १० जनाकाे मृत्यु, मृतककाे संख्या ४११ पुग्याे

    काेराेनाबाट थप १० जनाकाे मृत्यु, मृतककाे संख्या ४११ पुग्याे

    काठमाडाैं उपत्यकामा ६ जनाकाे निधन

    अनलाइन नेपाल
  • आइतबार, ४ असोज २०७७
  • 2.7K
    SHARES

    फाइल तस्बिर

    काठमाडाैं । नेपालमा थप १० जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

    याेसँगै काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे कुल संख्या ४११ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।





    मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौं उपत्यकाका मात्रै ६ जना रहेका छन् । मृत्यु हुनेमा काठमाडौंका ४०, ६०, र ६३ वर्षीया महिला तथा ८२ वर्षीय पुरुष छन् । साथै ललितपुरमा ७५ वर्षीया र भक्तपुरमा ७२ वर्षीया महिलाको पनि कोरोनाबाट मृत्यु भएको छ।

    यससँगै पाल्पामा ४० वर्षीया महिला, चितवनमा ८० वर्षीय पुरुष र रुपन्देहीमा ६७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ।

    यस्तै नेपालमा आइतबार थप १ हजार ३२५ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

    आइतबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ३२५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार