Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • पछिल्लाे २४ घण्टामा देशभर १ हजार ३२५ जनामा काेराेना संक्रमण, ९६६ जना डिस्चार्ज

    पछिल्लाे २४ घण्टामा देशभर १ हजार ३२५ जनामा काेराेना संक्रमण, ९६६ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • आइतबार, ४ असोज २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेपालमा आइतबार थप १ हजार ३२५ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

    आइतबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ३२५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।



    याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ६४ हजार १२२ पुगेको मन्त्रालयले जनाएकाे छ ।



    यस्तै बितेको २४ घण्टामा ९६६ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ४६ हजार २३३ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४११ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार