Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • एकतालाई टुंगोमा पुर्‍याएर राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्छाैं : कमल थापा

    एकतालाई टुंगोमा पुर्‍याएर राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्छाैं : कमल थापा

    अनलाइन नेपाल
  • आइतबार, ४ असोज २०७७
  • 2.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीलाई बलियो शक्ति बनाएरै छाड्ने बताएका छन् ।

    आइतबार पार्टी सम्बद्ध जनवर्गीय संगठनका पदाधिकारी, सदस्यहरुसँग भर्चुअल बैठक गर्दै अध्यक्ष थापाले नेपालको भू–राजनैतिक अवस्थाका कारण राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सवल, समुन्नत र स्वाधिन बनाउन सक्ने बताए ।



    पार्टीका विषयमा रहेका भ्रम चिर्न जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुलाई जनतामाझ जान आग्रह गर्दै अध्यक्ष थापाले युवा पुस्ताको बलमा राप्रपालाई उठाउनुपर्ने र मुलुकलाई सही दिशा दिनुपर्नेमा जोड दिए ।



    राप्रपाको एकतालाई चाँडो भन्दा चाँडो टुंगो लगाई मुलुकले खोजेको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउने र राप्रपालाई वैकल्पिक शक्तिको रुपमा भरोशायोग्य शक्ति बनाउने अध्यक्ष थापाले बैठकमा सहभागीहरुलाई विश्वास दिलाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार