Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ६ हजार ७ सय सुरक्षाकर्मीलाई कोरोना संक्रमण

    ६ हजार ७ सय सुरक्षाकर्मीलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • आइतबार, ४ असोज २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । ६ हजार ७ सय सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएकाे छ। सुरक्षा स्राेतका अनुसार ‘फ्रन्टलाइन’मा खटिएका नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बलका ६ हजार ७ सय ५ जनामा कोरोना संक्रमण देखिएको हाे

    हालसम्म सबैभन्दा बढी नेपाल प्रहरीमा ३६ सय २६ जनामा कोरोना देखिएको छ । जसमध्ये १८ सय ९ जना डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा २६३, उपत्यकामा ६८१, प्रदेश १ मा १६८, प्रदेश २ मा १६९, वाग्मती प्रदेशमा १३७, गण्डकी प्रदेशमा १५३, प्रदेश ५ मा ११०, कर्णाली प्रदेशमा ४८ र सुदूरपश्चिम प्रदेशमा ८८ जना प्रहरी सक्रिय संक्रमित छन् ।



    संक्रमण देखिएकामध्ये सेनाका एक सैनिकको मृत्यु भएको छ । हालसम्म नेपाली सेनाका २ हजार ५६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ४ सय १ जना डिस्चार्ज भएका छन् भने १६ सय ५४ जना सक्रिय संक्रमित छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार