Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ‘ठूला नेतालाई झापड हान्न’ भन्दै पेरिसडाँडा पुगेकी बालिका खड्का पक्राउ

    ‘ठूला नेतालाई झापड हान्न’ भन्दै पेरिसडाँडा पुगेकी बालिका खड्का पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ४ असोज २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती हूँ भन्दै मुद्दा दर्ता गरेर फिर्ता लिएकी महिला बालिका खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

    केही दिनअघि प्रमाण पु‍र्याउन नसकेपछि खड्काले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता समेत लिएकी छिन् ।



    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी सचिवालय बैठकबीच पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा प्रवेश गर्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।.



    उनले नेताहरुलाई भेट्नुपर्ने बताउँदै कार्यालयमा छिर्न खोजेकी थिइन् । हाल उनलाई महानगरीय प्रहरी प्रभाग, कोटेश्वरमा राखिएको काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले बताए ।

    पेरिसडाँडा सुरु भएको सचिवलाय बैठकमा ‘ठूला नेतालाई झापड हान्न आएकी हुँ’ भन्दै पुगेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार