Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्यान्सर अस्पतालका कर्मचारी नहरमा मृत फेला

भरतपुर  । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका  कर्मचारी सूर्य मिश्र  मृत फेला परेका छन् । अस्पतालभित्रको नहरमा मिश्र मृत फेला परेको अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले जानकारी दिए ।

उनको शव अस्पताल हुँदै बगेको नहरमा शनिबार भेटिएको हो । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

मृतक मिश्र अस्पतालको इन्जिनियरिङ तर्फ कार्यरत  रहेको उनले बताए । प्रहरी घटनास्थल पुगिसकेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077