Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा ७ सय ११ काेराेना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ७ सय ११ काेराेना संक्रमित थपिए

    अनलाइन नेपाल
  • शनिबार, ३ असोज २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन ७ सय बढी कोरोना संक्रमित भेटिएका छन्। गत २४ घण्टामा भेटिएका १ हजार २ सय ४ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ७ सय ११ संक्रमित भेटिएका हुन् ।

    काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ७ सय ११ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा मात्र ५ सय ७० संक्रमित भेटिएका छन् । भक्तपुरमा ३ र ललितपुरमा ५८ जनामा कोरोना पुष्टि भएको छ ।



    उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १५ हजार ८ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ । काठमाडौंमा १३ हजार १४, ललितपुरमा १ हजार ४ सय ८४ र भक्तपुरमा १ हजार ३ सय ५१ संक्रमित पुगेका छन् ।



    यसअघि शुक्रबार काठमाडौंमा ६ सय ९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनामा कोरोना देखिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार