Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय नाघ्याे

    नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय नाघ्याे

    अनलाइन नेपाल
  • शनिबार, ३ असोज २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । नेपालमा एकै दिन ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय १ पुगेको छ ।

    आठ वटा जिल्लाका ७ महिला र ४ पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मोरङमा ६५, रौतहटमा ५१, सर्लाहीमा ५६, ललितपुरमा ७६ र ६८ वर्षीया महिला र ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।



    गत २४ घण्टामा काठमाडौमा ७७ वर्षीया महिला र ७५ वर्षीय पुरुष, मकवानपुरमा ३७ वर्षीया महिला, रुपन्देहीमा ६९ वर्षीय पुरुष र बाँकेमा ४५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार