Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • तराईका जिल्लामा ४ महिने शिशुसहित थपिए ५२ जना काेराेना संक्रमित

    तराईका जिल्लामा ४ महिने शिशुसहित थपिए ५२ जना काेराेना संक्रमित

    अनलाइन नेपाल
  • शनिबार, ३ असोज २०७७
  • 3.2K
    SHARES

    वीरगञ्ज । वीरगञ्जमा गरिएको परीक्षणमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।

    अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाका अनुसार संक्रमितहरु ४ महिनाको शिशुदेखि ६८ वर्ष उमेरकासम्म छन् ।



    नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा १ सय ९२ वटा स्वाब नमुना परीक्षण गर्दा ११ महिलासहित ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए।



    डाक्टर चौरसियाका अनुसार सबैभन्दा बढी बारामा ४५ जनामा, पर्सामा ६ जना र सर्लाहीका एक जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार