Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चितवन र बुटवलमा दुई जना कोरोना संक्रमित बिरामीको निधन

    चितवन र बुटवलमा दुई जना कोरोना संक्रमित बिरामीको निधन

    अनलाइन नेपाल
  • शनिबार, ३ असोज २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । चितवन र बुटवलमा गरी दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    चितवन मेडिकल कलेजमा उपचार गराउँदै आएकी रौतहटकी ६० वर्षीया महिला र बुटवल उपमहानगरपालिका वडा नं. १० का ६९ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।



    रौतहटकी महिलाको विहान ५ बजे मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । भदौ २८ गते आकस्मिक कक्षमा भर्ना भएकी उनलाई भदौ २९ गते उनलाई कोरोना पोजेटिभ देखिएको थियो । उनी निमोनिया, थाइराइड र उच्च रक्तचापको समस्याबाट पीडित थिइन ।



    यसैगरी बुटवल उपमहानगरपालिका बस्ने ६९ वर्षीय पुरुषको आज बिहान १ बजे मृत्यु भएको कोरोना विशेष अस्थायी अस्पताल बुटवलले जानकारी दिएको छ । निमोनियाको समस्या रहेका उनी भदौ २२ गतेदेखि नै आईसीयूमा उपचाररत थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार