Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • आन्तरिक उडानमा ५० प्रतिशतमात्रै यात्रु राख्‍नुपर्ने नियम हट्यो, असोज ५ देखि पूर्ण क्षमतामै सुचारु

    आन्तरिक उडानमा ५० प्रतिशतमात्रै यात्रु राख्‍नुपर्ने नियम हट्यो, असोज ५ देखि पूर्ण क्षमतामै सुचारु

    अनलाइन नेपाल
  • शुक्रबार, २ असोज २०७७
  • 3.1K
    SHARES

    काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडानमा सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु राख्नुपर्ने नियम हटाएको छ।

    मन्त्रालयले शुक्रबार ५० प्रतिशतमात्रै यात्रु राख्नुपर्ने नियम हटाएर पूर्ण क्षमतामा आन्तरिक उडान संचालन गर्न अनुमति दिने निर्णय गरेको हो।



    यो नियम असोज ५ बाट लागू हुने वताइएको छ। वायुसेवा संचालकहरूले ५० प्रतिशत मात्रै यात्रु राखेर उडान गर्न नसक्‍ने अडान लिएपछि मन्त्रालयले पुरानो निर्णय सच्चाउँदै पूर्ण क्षमतामा जहाज उडाउन अनुमति दिएको हो।



    कोरोना भाइरस  रोकथाम र नियन्त्रणका लागि भएको लकडाउन र निषेधाज्ञापछि विभिन्न क्षेत्र खुल्ल थालेपछि मन्त्रालयले शुक्रबार शतप्रतिशत क्षमतामै उडान गर्ने निर्णय गरेको हो।

    आन्तरिक उडानका लागि यात्रुले बोर्डिङ पास लिनु अगाडी नै अनिवार्य हेल्थ डिक्लेरेसन फर्म भर्नुपर्ने प्रावधान बनाएको छ।

    निजी एयरलाइन्स कम्पनीले अन्तर्राष्ट्रिय मापदण्ड र सरकारले बनाएको मापदण्ड पूर्ण पालना गरेर उडान गर्न सक्षम भए पनि सरकारको निर्णय अनुसार उडान गर्न सक्ने स्थिति नरहने बताएका थिए।

    निजी कम्पनीको यही अडानपछि मन्त्रालयले शुक्रबार नयाँ निर्णय गरेको हो। मन्त्रालयको यो निर्णयसँगै केही निजी कम्पनीले टिकट बुकिङ खुला गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार