Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • ऊर्जामन्त्री पुन होम आइसोलेसनमा

    ऊर्जामन्त्री पुन होम आइसोलेसनमा

    अनलाइन नेपाल
  • शुक्रबार, २ असोज २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन होम आइसोलेसनमा बसेका छन् ।

    मन्त्री पुनसहित सचिवालयका ३० जनाको पीसीआर परीक्षण गर्दा मन्त्रीका अंगरक्षक, नेपाली सेनाका जमदारमा कोरोना पोजेटिभ देखिएपछि मन्त्री शुक्रबारदेखि होम आइसोलेसनमा बसेका हुन् ।



    पूर्वसभामुख ओनसरी घर्तीसहित परिवारका ३० जना सदस्यको पीसीआर जाँच गर्दा एकजनामा कोरोना पोजेटिभ देखिएको मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले बताए ।



    अंगरक्षकमा कोरोना पुष्टि भएपनि मन्त्रीसहित २९ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । मन्त्री पुन अब ५ दिन आइसोलेशनमा बस्ने छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार