Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सुशान्तको आत्महत्या र लागुऔषध प्रकरण : बलिउडका कलाकार दुई ध्रुवमा विभाजित

    सुशान्तको आत्महत्या र लागुऔषध प्रकरण : बलिउडका कलाकार दुई ध्रुवमा विभाजित

    अनलाइन नेपाल
  • शुक्रबार, २ असोज २०७७
  • 2.9K
    SHARES

    एजेन्सी । सुशान्तसिंह राजपूतको आत्महत्यापछि भारतीय चलचित्र उद्योग विवादै-विवादबाट अगाडि बढिरहेको छ। राजपूतको आत्महत्यापछि प्राय भारतीय कलाकारहरू कोही सुशान्तको केशसँग जोडिएका छन्, भने कोही लागुऔषध ओसारपसार तथा सेवनमा जाेडिएर चर्चामा आएका छन् ।

    भारतमा लागुऔषधबारे हेर्न सरकारी निकाय नारकोटिक्स कन्ट्रोल ब्यूरोले लागुऔषध प्रकरणमा विभिन्न बलिउडकर्मीमाथि अनुसन्धान गरिरहेका छ। सुशान्तकी प्रेमिकासमेत रहेकी रिया चक्रवर्ती, उनका भाइ शौविकसहित सात जनाविरुद्ध मुद्दा दायर गरेर अनुसन्धान भइरहेको छ।



    अर्की नायिका कंगना रनौत पनि सुशान्त प्रकरण, लागुऔषध लगायतका विभिन्न घटनाका कारण चर्चामा छिन्। उनले थुप्रै बलिउडकर्मी लागुऔषध प्रयोगकतासँगै कारोबारीसमेत रहेको बताउँदै अनुसन्धान गर्न माग गरेकी छिन्।



    उनको उक्त मागप्रति केही बलिउडकर्मीहरूले विरोध जनाएका छन्। जसमा अमिताभ बच्चनकी श्रीमती जया बच्चन, उर्मिला मातोण्कर लगायतका बलिउडकर्मी उक्त आरोपको खण्डन गर्दै आएका छन्। जयाले संसद् बैठकमै जुन थालमा खायो त्यही थालमा प्वाल पार्दै नहिड्न लागुऔषधबारे कुरा उठाउने बलिउडकर्मीलाई सुझाव दिएका थिए। उनले दैनिक पाँच लाख मानिसले रोजगारी पाइरहेको बलिउडमाथि त्यस्तो आरोप लगाउनु निराधार रहेको बताएकी थिइन्।

    त्यस्तै अन्य बलिउडकर्मीहरूले समेत लागुऔषध प्रयोगकर्ता रहेको बताउने कुरामा कुनै सत्यता नरहेको बताउँदै आएका छन्। यता केही बलिउडकर्मी भने कंगनाको पक्षमा देखिएका छन्। उनीहरूले थुप्रै बलिउडकर्मी सेवनकर्तामा नभएर कारोबारीसमेत रहेको बन्दै छानविनका लागि माग गर्दै आएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार