Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • काठमाडौंमा ६९८ सहित उपत्यकामा थपिए ८५९ काेराेना संक्रमित

    काठमाडौंमा ६९८ सहित उपत्यकामा थपिए ८५९ काेराेना संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, २ असोज २०७७
  • 2.8K
    SHARES

    तस्विर गुगल

    काठमाडाैं । काठमाडौं उपत्यकामा शुक्रबार थप ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

    उपत्यकाको काठमाडौंमा ६९८ जना, ललितपुरमा ७९ जना र भक्तपुर जिल्लामा ८२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    यस्तै नेपालमा शुक्रबार अहिलेसम्म कै बढी थप २ हजार २० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।



    शुक्रबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार २० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।

    याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ६१ हजार ५९३ पुगेको मन्त्रालयले जनाएकाे छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार