Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • थप ७ जनाकाे काेराेनाबाट मृत्यु, नेपालमा मृतककाे संख्या ३९० पुग्याे

    थप ७ जनाकाे काेराेनाबाट मृत्यु, नेपालमा मृतककाे संख्या ३९० पुग्याे

    काठमाडाैं उपत्यकाभित्र थप ४ जनाकाे निधन

    अनलाइन नेपाल
  • शुक्रबार, २ असोज २०७७
  • 2.9K
    SHARES

    काठमाडाैं । नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना भाइरसकाे संक्रमणबाट थप ७ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३९० पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



    यस्तै नेपालमा शुक्रबार अहिलेसम्म कै बढी थप २ हजार २० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।



    शुक्रबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार २० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।

    याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ६१ हजार ५९३ पुगेको मन्त्रालयले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार