Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • देशभर २ हजार २० जनामा काेराेना संक्रमण पुष्टि, ८७१ जना डिस्चार्ज

    देशभर २ हजार २० जनामा काेराेना संक्रमण पुष्टि, ८७१ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • शुक्रबार, २ असोज २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । नेपालमा शुक्रबार थप २ हजार २० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

    शुक्रबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार २० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ६१ हजार ५९३ पुगेको मन्त्रालयले जनाएकाे छ ।



    यस्तै बितेको २४ घण्टामा ८७१ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ४३ हजार ८२० पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ ।



    यस्तै पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३९० पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार