Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कालिमाटी बृत्तबाट ४ जना थुनुवा फरार

    कालिमाटी बृत्तबाट ४ जना थुनुवा फरार

    अनलाइन नेपाल
  • शुक्रबार, २ असोज २०७७
  • 4.4K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी बृत्त कालिमाटीको हिरासतबाट ४ जना थुनुवा फरार भएका छन् । बिहीबार राति प्रहरी हिरासतबाट उनीहरु हत्कडीसहित फरार भएका हुन् ।

    प्रहरीले राति गस्तीका क्रममा चोरीको आशंकामा पक्राउ गरी ल्याएका ती चार जनालाई आइसोलेसनमा राखिएको थियो । कोरोना परीक्षण नगरी हिरासतमा राख्न नपाउने भएकाले आइसोलेसन जोनमा राखिएको थियो ।



    राति कोरोना परीक्षण सम्भव नभएकाले आइसोलेसन जोनमा हत्कडी लगाएर राखिएका उनीहरु फरार भएका थिए । हिरासतबाट फरार हुनेहरुमाअनिल जैसवाल, सुजित गुप्ता, अशु जैसवाल र रविन्द्र जैसवाल छन् ।



    कालिमाटी बृत्तका डीएसपी अपिल बोहराले उनीहरु फरार भएको स्वीकार गरे । उनले भने–‘तरकारी र फलफूल गाडीबाटै चोरी हुने गरेको गु्नासो आएपछि राति ३ बजे गस्तीको क्रममा हिंडिरहेका उनीहरुलाई पक्राउ गरी ल्याइएको बताए ।

    कोभिड परीक्षण नगरिएकाले आइसोलेसन जोनमै राखिएको अवस्थामा फरार भएका हुन् । थुनुवा होइनन् । चोरीको आशंकामा सोधपुछका लागि ल्याइएका हुन् ।’ आरोपी फरार भए पनि एउडा हत्कडी प्रहरीले बरामद गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार