Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सुदूरपश्चिममा जबरजस्ती करणीका घटनामा वृद्धि

    सुदूरपश्चिममा जबरजस्ती करणीका घटनामा वृद्धि

    अनलाइन नेपाल
  • शुक्रबार, २ असोज २०७७
  • 3.1K
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशमा जबरजस्ती करणीका घटना बढ्न थालेका छन् । पछिल्लो समय कोरोना भाइरस जोखिम हुन नदिन गरिएको बन्दाबन्दीको अवधिमा प्रदेशमा जबरजस्ती करणी र बलात्कारका घटना बढेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

    गत चैत महिनायता हालसम्म प्रदेशका नौवटै जिल्लामा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगमा गरी कुल १५० वटा मुद्दा प्रहरीमा आएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार गत चैतमा कैलालीमा छ, कञ्चनपुरमा तीन, बाजुरा र बझाङमा दुई÷दुई बैतडीमा एक गरी जबरजस्ती करणीका १४ वटा मुद्दा दर्ता भएका छन् ।



    त्यसैगरी गत वैशाखमा कैलालीमा आठ, कञ्चनपुरमा तीन र डोटी, अछाम, बाजुरा र दार्चुलामा एक÷एक जबरजस्ती करणीका घटना प्रहरी कार्यालयमा दर्ता भएको बताइएको छ । गत जेठमा यहाँ जबरजस्ती करणीमा २३ र जबरजस्ती करणी उद्योगमा पाँचवटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । गत असारमा भने मुद्दा बढेर जबरजस्ती करणीमा २५ र जबरजस्ती करणी उद्योगमा १२ वटा गरी ३७ वटा मुद्दा यहाँका जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी कैलालीमा दुवै मुद्दा गरी २१ वटा मुद्दा दर्ता भएका छन् ।



    गत साउनमा पनि जबरजस्ती करणीसम्बन्धी मुद्दा ३२ पुगेको प्रहरी तथ्याङ्कले देखाएको छ । साउनमा जबरजस्ती करणीमा २१ र सोसम्बन्धी उद्योगमा ११ वटा मुद्दा दर्ता भएका छन् । भदौमा पनि जबरजस्ती करणीसम्बन्धी १५ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार बन्दाबन्दीमा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका घटना विगतकै अवस्थामा रहेको छ । “विगतको तथ्याङ्क हेर्ने हो भने पनि केही तलमाथि बाहेक समान नै छ । बन्दाबन्दी भएर यस प्रकारका मुद्दा बढे वा घटे भनिहाल्नुपर्ने अवस्था छैन्”, उनले भने । ती घटनामा संलग्न अभियुक्तहरू कानूनी कारबाहीको दायरामा रहेको सिँहले जानकारी दिए । “अपराधमा संलग्नहरू यी मुद्दामा कोही पनि फरार रहेको अवस्था छैन”, उनले भने, “कोरोना कहरको जोखिमका बीच पनि प्रहरी गाउँबस्ती दूरदराजसम्म पुगेर सुरक्षाको आभास दिलाइरहेकै छ ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार