Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • बलात्कारपछि किशोरीलाई आत्महत्या गर्न वाध्य बनाउने दुई अभियुक्त पक्राउ

    बलात्कारपछि किशोरीलाई आत्महत्या गर्न वाध्य बनाउने दुई अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २ असोज २०७७
  • 2.5K
    SHARES

    राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीले  १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार घटनाका दुई  अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी बलात्कारका आरोपी सुमनकुमार मण्डल र रञ्जित मण्डललाई बिहीबार राति नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

    घटनापछि भारत गएर बसेका उनीहरूलाई भारतीय प्रहरीसँगको समन्वयमा पक्राउ गरिएको हो । भागेर भारत गएर का उनीहरु बिहीबार राति नेपाली सीमा क्षेत्रमा आएको खबर पाएपपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ । घटनाका अन्य दुई आरोपी विष्णु मण्डल र धर्म मण्डल अझै फरार छन् ।



    भदौ २९ गते खेत जाँदै गरेकी डाकनेश्वरी नगरपालिका–७ ललितपुरकी किशोरीलाई भदौ २९ गते चार जनाले बलात्कार गरेका थिए । घटनाबारे प्रहरीमा उजुरी नगर्न भन्दै स्थानीय पञ्चहरूले धम्क्याएपछि उनले सोमबार राति झुन्डिएर आत्महत्या गरेकी थिइन् ।



    प्रहरीले पञ्चहरूमध्ये जयकान्त मण्डल, सत्यनारायण मण्डल र वासुदेव मण्डललाई मंगलबार नै पक्राउ गरेको छ । रकम लेनदेनमा घटना सामसुम पार्न प्रयास गरेका उनीहरूले पञ्चहरूको भेला डाकी किशोरी र उनको परिवारलाई प्रहरीमा उजुरी गर्न नपाउने निर्णय गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार