Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • चीनले भारतका उच्च अधिकारीको गोप्य बिबरण ह्याक गरेको दाबी, चीनद्वारा अस्वीकार

    चीनले भारतका उच्च अधिकारीको गोप्य बिबरण ह्याक गरेको दाबी, चीनद्वारा अस्वीकार

    अनलाइन नेपाल
  • शुक्रबार, २ असोज २०७७
  • 3.2K
    SHARES

    एजेन्सी। केहि चिनियाँ कम्पनीहरूले करिब १० हजार भारतीयहरुको गोप्य विवरण संकलन गरेको भारतीय मिडियाहरुले आरोप लगाएका छन्।  चीनले जासुसी गरेर उक्त काम गरेको भारतीय मिडियाको आरोप छ । राष्ट्रिय सूचना विज्ञान केन्द्र (एनआईसी) का धेरै कम्प्युटरहरू ह्याकरहरूले ह्याक गरेका छन्। दिल्ली पुलिसको विशेष सेल टोलीले सेप्टेम्बरको शुरुमै यस सम्बन्धमा मुद्दा दर्ता गरेको छ।

    एनआईसीको यी कम्प्युटरहरूमा, भारतीय सुरक्षा, नागरिकहरू, ठूला  व्यक्तित्वहरू सम्बन्धित डाटा उपलब्ध छन्। यसमा प्रधानमन्त्री देखि राष्ट्रिय सुरक्षा सल्लाहकार सम्मका डाटा समावेश छ।



    जानकारीका अनुसार यो हमला बैङ्लरको फर्मबाट गरिएको थियो। एनआईसीका कर्मचारीहरूलाई एउटा मेल प्राप्त भयो, जसले त्यस मेलको लिंक खोले त्यसको डाटा हराउँदै गयो।



    यस साइबर आक्रमणमा करिब १०० कम्प्युटरहरू लक्षित थिए। जसमा केही एनआईसीका हुन् र केही आईटी मन्त्रालयसँग सम्बन्धित थिए।

    यो घटनालाई लिएर एनआईसीकोउजुरीपछी दिल्ली पुलिसको विशेष सेलले आईटी ऐन अन्तर्गत मुद्दा दर्ता गरेको छ। यस विषयमा अझै अनुसन्धान भइरहेको छ । तर स्रोतका अनुसार यो मेल बैङ्लरमा एउटा अमेरिकी कम्पनीबाट आएको हो। जसको जानकारी आईपी ठेगानाबाट प्राप्त गरिएको छ।

    केहि दिन अघि एउटा रिपोर्टले  केहि चिनियाँ कम्पनीहरूले करिब १० हजार भारतीयहरुलाई नजर राखेको खुलासा भएको थियो । यसमा प्रधानमन्त्री, राष्ट्रपति, वरिष्ठ अधिकारीहरू, केन्द्रीय मन्त्रीहरू, मुख्यमन्त्रीहरू, नेताहरू, खेलाडीहरू, अभिनेताहरू लगायतका धेरै महत्वपूर्ण व्यक्तिहरूको डाटा अनुगमन भइरहेको छ। चिनियाँ कम्पनीले यी सबै  रेकर्ड गर्दैछ।

    यो  मुद्दा संसदमा उठ्यो अनि , त्यसपछि चिनियाँ दूतावासमा परराष्ट्र मन्त्रालयले उजुरी पेश गरेको थियो। यता,चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले भने भारतीय मिडियाको उक्त कुरा झुट रहेको दाबी गरेको छ।

    बिहीबार भारतमा रहेको चिनियाँ दूतावासले खण्डन गरेको छ।

    दूतावासले बिहीबार आफ्नो वेबसाइटमा  चिनियाँ सरकारसँग कुनै सम्पर्क नभएको निजी स्वामित्वमा रहेको कम्पनी झेन्हुआले डाटा चोरी गरेको कुरा पूर्णत:गलत हो।

    दूतावासले  चीन सधैं साइबर सुरक्षाको कट्टर रक्षक भएको दोहोर्‍याएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार