Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • लागूऔषधसहित पक्राउ परेका नेताको दबाबमा छुटे

    लागूऔषधसहित पक्राउ परेका नेताको दबाबमा छुटे

    अनलाइन नेपाल
  • शुक्रबार, २ असोज २०७७
  • 3.7K
    SHARES

    सांकेतिक तस्विर

    कास्की। भदौ २६ गते पोखरा महानगरपालिका–९ पृथ्वीचोकको एक पसलमा निकै भीडभाड देखियो । सामान्य अवस्थामा रहेको बजारमा अचानक प्रहरीको भ्यानसहित भीडभाड हुँदा स्थानीय हेरेको हेरै भए ।

    पृथ्वीचोकमा तुलाचन फेन्सी सञ्चालन गर्दै आएका क्षितिज तुलाचन एकाएक पक्राउ परे । करिब ४ बजे सादा पोसाकका प्रहरी च्यानल बनाउँदै तुलाचनसम्म पुगेको थियो । लागूऔषध किन्ने बहानामा पुगेको प्रहरीले तुलाचनलाई केही रकम दिएर लागूऔषध किन्यो ।



    त्यसलगत्तै वैदाम प्रहरीको भ्यानमा हत्कडी लगाई अपराधीलाई झैं पक्रेर दुई चार मुक्का बजाउँदै चौकी लगे ।



    तुलाचनलाई प्रहरीले त्यसरी लगेको देख्दा व्यवसायीहरु अचम्ममा परे । लागूऔषध कारोबार गर्ने गरेको भन्ने सुराकीको आधारमा प्रहरी त्यहाँसम्म पुगेको थियो । तर पक्राउ परेका तुलाचन साँझ आफ्नै पसलमा आइपुगे ।

    लछारपछार तथा कुटपिट गर्दै लगेको प्रहरीले साँझ पसलमा देख्दा त्यहाँका स्थानीय छक्क परेका थिए ।

    पक्राउ परेको डेढ घण्टामा नै छुटेर आएका तुलाचन गण्डकी प्रदेश प्रमुख अमिक शेरचनको नातेदार भएको खुलेको छ । त्यति मात्र होइन, उनी गएको निर्वाचनमा नेकपाबाट वडाध्यक्षको उम्मेदवारी दिएका गोविन्द तुलाचनका छोरा भएको खुल्न आएको छ ।

    ‘प्रहरीले हतकडी लगाएर लगेका व्यक्ति डेढ घण्टामा नै छुटे, उनी यही वडामा वडाध्यक्षमा हारेकाका छोरा हुन् । अमिक शेरचनको छोरा, ज्वाइँ त्यस्तै केही पर्छन्।’ –एक प्रत्यक्षदर्शीले भने ।

    स्रोतका अनुसार तुलाचनलाई लागूऔषधसहित पक्राउ गरे पनि फोनको भरमा छाडिएको हो । शुक्रबारका दिन त्यसमा पनि अपराह्नको समयमा पक्राउ परेका व्यक्ति उनलाई अनुसन्धान नै गर्ने हो भने पनि त्यति चाँडो सकिँदैनथ्यो ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठले तुलाचनबाट केही नभेटिएको बताए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार