Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • लोडसेडिङ काण्डका नाइके मुकेश काफ्लेसँग अख्तियारको बयान

    लोडसेडिङ काण्डका नाइके मुकेश काफ्लेसँग अख्तियारको बयान

    अनलाइन नेपाल
  • शुक्रबार, २ असोज २०७७
  • 4.5K
    SHARES

    काठमाडौं। नुवाकोटको देवीघाटमा निर्माण गरिएको २५ मेगावाट क्षमताको सोलार विद्युत् उत्पादन केन्द्रको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्लेसँग बयान लिएको छ ।

    अख्तियार स्रोतले भनेको छ,‘सोलार प्लान्टको आवश्यकता र औचित्य किन थियो तथा कसरी ठेक्का लगाइयो भन्ने विषयबाट बयान लिन सुरु गरिएको छ । प्राधिकरणका पूर्वएमडी काफ्लेको लिखित बयान अझै केही दिन चल्नेछ । त्यसपछि मात्र ठेकेदार परिवर्तनको विषय प्रवेश गर्छ ।



    ठेकेदारको विषयमा काफ्लेको बयानसँग जोडेर निवर्तमान एमडी कुलमान घिसिङलगायतका प्राधिकरणका अधिकारीहरुसँग बयान हुनेछ ।’ स्रोतका अनुसार घिसिङले पनि अर्को साता बयानका लागि समय दिएका छन् ।



    बयान लिने क्रममा अख्तियारका अनुसन्धान अधिकृतले पहिलो प्रश्न लेखेर दिने र त्यसपछि बयान दिनेले लिखित रुपमा उत्तर दिनुपर्ने भएको कारण एउटै प्रश्नको उत्तरको लागि घण्टौँ वा कयौं दिन पनि लाग्न सक्तछ ।

    पहिलो प्रश्नको उत्तर सकिएपछि त्यही उत्तरलाई टेकेर फेरि सिलसिलेबद्ध उत्तर दिनुपर्ने हुन्छ । त्यही कारण सोलार प्रकरणमा प्राधिकरणका अधिकारीहरुको अख्तियारमा लामो बयान चल्ने देखिन्छ । बयान दिएको बारेमा काफ्लेले पनि घुमाउरो तरिकाले स्वीकार गरेका छन् ।

    ‘प्राधिकरणमा विभिन्न ठेक्का भइरहन्छन् । चित्त नबुझ्ने पक्षले उजुरी गर्छ । कतिपय विषयलाई टुंगोमा पु¥याउन अख्तियारले बुझ्ने काम गर्छ’, पूर्वएमडी काफ्लेले भने, ‘यो ऊ विषयभन्दा पनि एउटा काम परेर म बिहीबार छोटो समयका लागि अख्तियारभित्र पसेको थिएँ ।’ काफ्लले छोटो समयका लागि अख्तियार गएको भनेर तर्किन खोजे । (आर्थिक दैनिक)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार