Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • जसपाभित्र विवाद, केन्द्रीय समिति गठनमा ढिलाइ

    जसपाभित्र विवाद, केन्द्रीय समिति गठनमा ढिलाइ

    अनलाइन नेपाल
  • शुक्रबार, २ असोज २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)भित्र केन्द्रीय समिति गठनको विषयलाई लिएर विवाद बढेको छ । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी ९राजपा०बीच पार्टी एकीकरण भएको पाँच महिना बितिसक्दा पनि विवादकै कारण केन्द्रीय समिति गठनमा ढिलाइ भइरहेको छ ।

    जसपा विधानमा ७ सय १ सदस्यीय केन्द्रीय समिति बनाउने उल्लेख छ । विवादकै कारण दुई वटा नामावली तयारी भइरहेको जसपा स्रोतको दाबी छ । बबरमहलस्थित राजपाको कार्यालयमा पटक पटक बसेको शीर्ष नेताहरूको बैठकमा सहमति हुन नसक्दा दुई वटा नामावली तयारी भइरहेको स्रोतको दाबी छ ।



    तत्कालीन राजपा नेपालका तर्फबाट केन्द्रीय सदस्य चयन गर्न अध्यक्षमण्डलमा रहेका महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव र राजकिशोर यादवसहितको बैठक गत सोमबार बसेको थियो । तर, यी चार नेताका बीचमा सहमति जुट्न सकेन ।



    महेन्द्र, राजकिशोर र अनिलकुमार झाले ठाकुर र महतोको कोटाबाट घटाएर अन्य चार नेताको कोटा बढाउनुपर्ने प्रस्ताव गरेका छन् । ठाकुर र महतोको कोटाबाट घटाएर महेन्द्र र शरदचन्द्र भण्डारीलाई ५२÷५२, अनिल र राजकिशोरलाई ३८(३८ हुनुपर्ने प्रस्ताव असन्तुष्ट समूहले राख्दै आएको छ ।

    छलफलमा अनिल र भण्डारी सहभागी भएनन् । जसपा नेतृ  डिम्पल झाको उपचारका लागि अनिल नयाँ दिल्लीमा छन् ।

    यस्तै, भण्डारी बिरामी भएकाले घरमै आराम गरिरहेका छन् । भण्डारीले दुईमध्ये जुन प्रस्तावमा सहमति भए पनि आफू त्यसैमा सन्तुष्ट रहेको बताउँदै आएका छन् । ठाकुर र महतो आफूहरूको तत्कालीन पार्टीको संगठन गाउँगाउँसम्म रहेकाले सोहीअनुसार सदस्य संख्या अरूभन्दा बढी हुुनुपर्ने अडानमा छन् ।

    दुई पार्टी एकीकरणपश्चात् बनेको जसपा कार्यकारिणी समितिमा समेत ठाकुर र महतोले मनोमानी गरेको आरोप महेन्द्र, अनिल र राजकिशोरले लगाउँदै आएका छन् । जसपा अध्यक्षसमेत रहेका ठाकुर र वरिष्ठ नेता महतोले पूर्वसहमतिअनुसार सदस्य संख्या आफूहरूका लागि नछुट्याएको आरोप लगाउँदै छुट्टै नामावली तयार गर्ने असन्तुष्ट नेताहरूले जनाएका छन् ।

    तत्कालीन राजपाको केन्द्रीय सदस्य ८ सय ६१ थियो । तर, अहिले उसले ३ सय ५० केन्द्रीय सदस्य छान्नुपर्ने भएकाले नेतृत्वलाई मिलाउन सकस भएको हो । समाजवादीको केन्द्रीय सदस्य ४ सय ३१ रहेको थियो । केही निष्क्रिय तथा केही दोहोरो जिम्मेवारीमा रहेकाले उसलाई केन्द्रीय सदस्य छान्न सजिलो छ ।

    साउन अन्तिम साता सम्पन्न भएको जसपा कार्यकारिणी समितिको बैठकले जिम्मेवारी बाँडफाँट, पदाधिकारी चयन र नेताहरूको मर्यादाक्रम टुंगो लगाउन पाँच सदस्यीय पदाधिकारीलाई सचिवालय निर्माण गर्दै जिम्मेवारी दिएको थियो ।

    जसपामा अहिले अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव र वरिष्ठ नेतात्रयमा अशोक राई, डा। बाबुराम भट्टराई र राजेन्द्र महतो रहेका छन् । यही पाँच जना पदाधिकारी रहने गरी सचिवालय बनाइएको हो । सचिवालयलाई आवश्यक गृहकार्य गरेर जिम्मेवारी बाँडफाँट, पदाधिकारी चयन तथा नेताहरूको वरीयता टुंगो लगाउन अधिकार दिइएको छ ।

    तत्कालीन राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल र समाजवादी पार्टीबीच गत १० वैशाखमा रातारात पार्टी एकिरण गरेर जसपा घोषणा भएको थियो । (राजधानी दैनिकबाट )

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार