Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • युगान्डामा २ सयबढी कैदीबन्दी फरार, ३ जनाको मृत्यु

    युगान्डामा २ सयबढी कैदीबन्दी फरार, ३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १ असोज २०७७
  • 3.2K
    SHARES

    एजेन्सी । युगान्डाको उत्तरपूर्वी जिल्ला मोरोटोको जेलबाट कम्तीमा २१९ कैदी फरार भएको स्थानीय जेलका प्रवक्ताले बिहीबार बताएका छन् ।

    युगान्डा कारागार सेवाका प्रवक्ता फ्रान्क बाइनका अनुसार स्थानीय समय अनुसार बुधबार जेल तोडेर भाग्ने क्रममा कम्तीमा सात बन्दीहरुलाई पुनः नियन्त्रणमा लिइएको छ र तीन जना मारिएका छन् ।



    मारिएका तीन कैँदीले बिहीबार नै नियन्त्रणमा आएपछि पुनः भाग्न बल प्रयोग गरेपछि भएको भिडन्तमा उनीहरू मारिएका मोरोटो सहरको सिंगिला जेल प्रशासनले जनाएको छ । बाइनले भने, “जेल प्रशासन, सेना तथा प्रहरीले फरार कैँदीहरूको संयुक्त रूपमा खोजी गरिरहेका छन् ।”



    “बुधबार रातिदेखि सुरक्षाकर्मीले हवाई गस्तीलाई रोकी पैदल गस्तीहरूलाई बढाएका छन् । खोजी जारी छ यस साताभरमा उनीहरू पत्ता लाग्नेछन्,” उनले भने । प्रवक्ता बाइनले भने, “फरार तथा मारिएका अधिकांश कैदीहरूलाई अवैध रूपमा हतियार राखेको अभियोगमा जेलमा राखिएको थियो ।

    उनीहरूसँगबाट १४ थान बन्दूक र दर्जनौँ गोली तथा केही विस्फोटक पदार्थ बरामद गरिएको छ ।” गत मार्चमा उत्तर पश्चिमी जिल्ला औरामा कैदीहरूले जेलको घेरा तोडी भाग्न खोज्दा भएको दङ्गामा तीन कैदीको मृत्यु भएको थियो भने छ घाइते भएका थिए । तर कैँदीहरूको घाग्ने प्रयास सुरक्षाकर्मीले विफल पारेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार