Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • काठमाडाैंमा प्याजकाे कालोबजारी, ७ जना व्यापारीलाई १२ लाख २० हजार जरिवाना

    काठमाडाैंमा प्याजकाे कालोबजारी, ७ जना व्यापारीलाई १२ लाख २० हजार जरिवाना

    अनलाइन नेपाल
  • बिहिबार, १ असोज २०७७
  • 2.8K
    SHARES

    काठमाडाैं । वणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्याजमा कालोबजारी गर्ने व्यापारीहरुलाई जरिवाना गरेकाे छ ।

    काठमाडाैंकाे कालिमाटी, बल्खु, तिनकुनेलगायतका स्थानका ७ जना व्यापारीलाई १२ लाख २० हजार रुपैयाँ जरिवाना गरिएकाे विभागले जनाएकाे छ ।



    विभागका अनुसार उलक सब्जी भण्डार ५५ हजार, दुलाल आलु भण्डार ५५ हजार, विजेश गौतम ५५ हजार, रंजन आलु प्याज भण्डार २ लाख ५० हजार, पशुपति आलु प्याज स्टोर २ लाख ५० हजार, न्यू सापकोटा स्टोर दुई लाख ५५ हजार र आरके ट्रेर्डसलाई तीन लाख रुपैयाँ जरिवाना गरिएकाे हाे ।



    जरिवाना कारबाहीमा परेका व्यापारीहरुले खरिद मूल्यमा २० प्रतिशतभन्दा बढी नाफा नखाने गरी व्यापार-व्यवसाय संचालन गर्न पाउने विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार