Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • काठ तस्करी गरेकाे आरोपमा ३ युवक पक्राउ

    काठ तस्करी गरेकाे आरोपमा ३ युवक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १ असोज २०७७
  • 3.2K
    SHARES

    उदयपुर । काठकाे चोरी तस्करी गरेकाे आरोपमा ३ जना पक्राउ परेका छन् ।

    बेलका नगरपालिका–९ काे माछापुच्छ्रे सामुदायिक बनमा अवैध रुपमा काठ काट्दै गर्दा पक्राउ परेका ३ युवकलाई बिहीबार डिभिजन वन कार्यालय गाईघाटमा बुझाइएको प्रहरीले जनाएकाे छ ।



    इलाका प्रहरी कार्यालय रामपुरठोक्सीलाबाट खटिएको प्रहरी टोलीले बेलका–४ गुरुङचौरीका ३५ वर्षीय अर्जुन राई, बेलका–९ कमलाबारीका ३० वर्षीय दीपेन्द्र राई र २२ वर्षीय राकेश राई पक्राउ गरेको प्रहरी उपरीक्षक भिमबहादुर दाहालले बताए ।



    पक्राउ परेका युवकलाई प्रहरीले डिभिजन वन कार्यालयमा बुझाएको सूचना अधिकारी सहायक वन अधिकृत जागेश्वर साहले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार