Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • ललितपुरबाट ४ लाख ६५ हजार रूपैयाँ नक्कली नोट बरामद

    ललितपुरबाट ४ लाख ६५ हजार रूपैयाँ नक्कली नोट बरामद

    अनलाइन नेपाल
  • बिहिबार, १ असोज २०७७
  • 6.6K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । ललितपुर प्रहरीले ४ लाख ६५ हजार नक्कली नोट बरामद गरेकाे छ ।

    ललितपुर महानगरपालिका–१४ ताल्छीखेलबाट १ हजार दरका ४ सय ६५ थान नक्कली नोट बरामद गरिएकाे प्रहरीले जनाएको छ ।



    ताल्छीखेलस्थित जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी सुन पसलमा आएका २ जना अपरिचित पुरुषले ५ तोला बराबरको सुनको हार खरिद गरेर नक्कली नोट दिएर फरार भएका हुन ।



    सुन पसलेका अनुसार बिल समेत नलिई उनीहरु फरार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ गड्डीमा ४६५ थान नक्कली नोट र प्रत्येक गड्डीको माथिल्लो भागमा १/१ थान सक्कली नोट बरामद भएको हो ।

    ज्वेलरी पसलमा नक्कली नोट दिएर फरार भएका व्यक्तिहरुको बारेमा खोजी कार्य जारी राख्नुका साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार