Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आत्महत्या दुरुत्साहन आरोपमा २ जना पक्राउ

    आत्महत्या दुरुत्साहन आरोपमा २ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १ असोज २०७७
  • 3.1K
    SHARES

    मन्थली । जिल्ला प्रहरी कार्यालय रामेछापले आत्महत्या दुरुत्साहन आरोपमा २ जनालाई पक्राउ गरेकाे छ ।

    रामेछापको मन्थली नगरपालिका भटौलीका प्रधानाध्यापक भोजबहादुर भण्डारीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले मन्थली नगरपालिका-७ भटौलीका सहदेव मगर र गुणराज तामाङलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।



    भण्डारीका परिवारले दर्ता गराएको जाहेरीमा किटान गरेका अर्का एक व्यक्ति फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



    मन्थली नगरपालिका ७ भटौलीको कालिका देवी आधारभूत विद्यालयका प्रधानाध्यापक भण्डारी मन्थलीमा रहेको आफ्नै निवासमा झुण्डिएको अवस्थामा बुधबार बिहान मृत फेला परेका थिए ।

    आफूलाई भ्रष्टाचारी र चोरको आरोप लगाउँदा खप्न नसकेर मर्नुपरेको व्यहोरा खुलाई लेखेको कागज भण्डारीको शव नजिकै प्रहरीले फेला पारेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार