Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • काठमाडौंमा ५०७ सहित उपत्यकामा थपिए ६१८ जना कोरोना संक्रमित

    काठमाडौंमा ५०७ सहित उपत्यकामा थपिए ६१८ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बिहिबार, १ असोज २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा ६१८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरुमा काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो ।



    यसैबीच देशभर बिहीबार थप १ हजार २४६ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।



    बिहीबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार २४६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ५९ हजार ५७३ पुगेको मन्त्रालयले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार