Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चुनाव हारेका वामदेव बने माननीय, राष्ट्रियसभाको गरिमा गिराउने काम नगर्ने प्रतिवद्धता

काठमाडौं । राष्ट्रियसभा सदस्यमा मनोनित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गाैतमले पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा सत्तारुढ नेकपा उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् । अपराह्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

यसैबीच गाैतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताएका छन् ।

राष्ट्रियसभा अध्यक्ष तिमल्सिनासमक्ष पद तथा गोपनीयताको सपथ लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले राष्ट्रियसभाको गरिमा बढाउन नियमावली अनुसार काम गर्ने भन्दै ‘राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077