Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • देशभर १२ सय ४३ जना डिस्चार्ज हुँदा १२ सय ४६ काेराेना संक्रमित थपिए

    देशभर १२ सय ४३ जना डिस्चार्ज हुँदा १२ सय ४६ काेराेना संक्रमित थपिए

    अनलाइन नेपाल
  • बिहिबार, १ असोज २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेपालमा बिहीबार थप १ हजार २४६ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

    बिहीबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार २४६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ५९ हजार ५७३ पुगेको मन्त्रालयले जनाएकाे छ ।



    यस्तै बितेको २४ घण्टामा १ हजार २४३ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ४२ हजार ९४९ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ ।



    यस्तै पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३८३ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार