Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • चीनले लद्दाखमा पठायो थप १० हजार सैनिक

    चीनले लद्दाखमा पठायो थप १० हजार सैनिक

    अनलाइन नेपाल
  • बिहिबार, १ असोज २०७७
  • 4.3K
    SHARES

    एजेन्सी । भारत र चीनका सेनाबिच भएको कुस्तीमा २० जना भारतीय सेनाको मृत्यु भएसँगै एउटा प्रश्न उब्जिएको छ । ग्रृष्मकालमा भएको जस्तै झडप हिउँदमा होला या नहोला ?

    अहिले दुवै देशका सेनाहरूले गरिरहेको तयारीलाई हेर्दा लाग्छ आउँदो जाडो याममा चीन र भारतबिचको सम्बन्ध निकै नै तात्ने वाला छ । लद्दाख क्षेत्रमा भारत र चीन दुवैले सैनिक उपस्थिति बढाएको अवस्था छ ।



    दुवै देशका परराष्ट्रमन्त्रीबिच ६ दिन अघि आपसी विश्वास बढाउने र तनाव कम गर्ने विषयमा छलफल भए । उनीहरुविचको सहमति कति दिन टिक्ला भन्ने संसय यसकारण पनि बढेको छ की दुवै मुलुकले आफ्ना विभिन्न माध्यमहरु मार्फत एक अर्काको खेदो खन्न र आरोप प्रत्यारोप गर्न रोकेका छैनन ।



    चीनको सरकार नियन्त्रित सञ्चार माध्यम ग्लोबल टाइम्सले पनि कम्तीमा हिउँदसम्मलाई दुई देशबिचको सीमा विवाद टरेको उल्लेख गरेको छ । यसको मतलब यो हो की हिउँदपछि फेरि विवाद र झडप सुरु हुनसक्ने सम्भावनालाई दुवै मुलुकहरूले स्वीकार गरेका छन् ।

    नोभेम्बर महिनादेखि लगातार ३ महिनासम्म हिउँ पर्ने भएकाले सो क्षेत्रमा रहेका सैनिकहरू सम्पूर्ण रूपमा केन्द्र सरकारबाट सम्बन्ध विच्छेदको अवस्थामा रहने छन् । उनीहरूको लागि आवास, लत्ताकपडा र खानाको आपूर्तिमा मात्र होइन की आवश्यक परेको खण्डमा थप सैन्य बल पठाउन सक्ने समेत अवस्था रहँदैन ।

    तर, रहिबेला चीनले भने लद्दाक आसपासको क्षेत्रमा थप १० हजार सेना पठाएको छ ।

    चीनले यसरी सो क्षेत्रमा सेना पठाएकोबारे भारत जानकार र सजक रहेको समाचार रसियाली सञ्चारमाध्यमले जनाएको छ । चीनले हाल लद्दाखको विवादित क्षेत्रमा ५२ हजार सेना, १५० लडाकु जेट विमान र जमिनबाट आका समा मार हान्न सक्ने मिसाइलहरू तैनाथ गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार