Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • भाेलिबाट होटल तथा रेष्टुरेन्ट खुला गर्न अनुमति, जोर-बिजोर प्रणाली कायमै

    भाेलिबाट होटल तथा रेष्टुरेन्ट खुला गर्न अनुमति, जोर-बिजोर प्रणाली कायमै

    अनलाइन नेपाल
  • बुधबार, ३१ भाद्र २०७७
  • 3.6K
    SHARES

    काठमाडाैं । काठमाडाैं उपत्यकाभित्रका जिल्ला प्रशासन कार्यालयहरुले होटल तथा रेष्टुरेन्ट सञ्‍चालनमा लगाएको रोक बिहीबारदेखि हटाइएको छ ।

    निषेधाज्ञा सम्बन्धि आदेशहरुको पुनरावलोकन गर्दै टेकअवेमात्र सञ्चालन गर्न दिइएको होटल तथा रेष्टुरेन्टहरुलाई अर्को आदेश नभएसम्म सञ्‍चालन खुला गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहालले बताए ।



    दाहालका अनुसार काठमाडौं उपत्यकामा लगाइएको सवारी साधनको जोर/बिजोर भने कायमै राखिएको छ । निजी र सार्वजनिक सवारीको जोर/बिजोर प्रणाली अर्को आदेश नभन्जेल कायम रहने छ ।



    काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यकामा सवारी साधन प्रवेशलाई अर्को आदेश नभन्जेल खुला गरिएको छ । मन्त्रिपरिषद्ले भोली असोज १ गतेदेखि लामो दूरीका यातायात खुलाउने निर्णय गरिसकेको छ । स्वास्थ्य प्रोटोकल कायम राखेर उपत्यकामा आउन जान दिने निर्णय भएको उनले बताए ।

    उपत्यकाका तीनै जिल्लाका प्रजिअले गृह सचिव महेश्वर न्यौपानेसँगको छलफलपछि यस्तो निर्णय गरेका हुन् । काठमाडौं जिल्ला प्रशासनले निषेध गरिएकाहरुका गतिविधिबारे सूचना प्रकाशित गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार