Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • हत्या अभियाेगका फरार अभियुक्त २३ वर्षपछि पक्राउ

    हत्या अभियाेगका फरार अभियुक्त २३ वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३१ भाद्र २०७७
  • 3K
    SHARES

    नेपालगञ्ज । गोली हानी हत्या गरेर फरार अभियुक्त २३ वर्ष पक्राउ परेका छन् । लामो समयदेखि कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई बाँके प्रहरीले पक्राउ गरेको हाे ।

    २३ वर्षअघि कर्तब्य ज्यान गरेर भागेका बाँके रनियापुरका आजात खाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो । स्थानीय नुर सलाम खाँलाई गोली हानेर हत्या गरेर खाँ भागेका थिए ।



    बाँके जिल्ला अदालतले २०७२ असोज १७ गते खाँलाई २० वर्षको कैद सजाय सुनाएको थियो। इलाका प्रहरी कार्यालय, धनौलीबाट गएको प्रहरीले टोलीले खाँलाई घर आसपासबाटै पक्राउ गरेको बाँके प्रहरीले जानकारी दिएको छ। बाँके प्रहरीले केही महिनादेखि फरार अभियुक्तलाई पक्राउ गर्ने अभियान नै थालेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार