Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • ५० प्रतिशत यात्रु राखेर उडान नगर्ने वायु सेवा सञ्चालक संघको निर्णय

    ५० प्रतिशत यात्रु राखेर उडान नगर्ने वायु सेवा सञ्चालक संघको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, ३१ भाद्र २०७७
  • 3K
    SHARES

    काठमाडौं । वायु सेवा सञ्चालक संघले पूर्ण क्षमतामा यात्रु राखेर सेवा दिन नपाएसम्म उडान नै नगर्ने निर्णय गरेको छ । ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्नुपर्ने सरकारको निर्णयमा असहमति जनाएका उनीहरूले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा ५० प्रतिशत यात्रु राखेर उडान सम्भव नभएको प्रष्ट्याएका छन् ।

    कोरोना भाइरसको महामारीले आर्थिक गतिविधि चलायमान हुन नसकेका बेला सिट क्षमताका ५० प्रतिशत मात्रै यात्रु राख्दा भाडा महंगो हुने र यात्रुले बेहोर्न नसक्ने भएकाले उडान सुरू गर्नुको औचित्य नभएको उनीहरूको ठहर छ ।



    भारत लगायतका अन्य मुलुकमा खोलिएको आन्तरिक उडानमा स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर सिट क्षमता अनुसारकै यात्रु राख्न दिइएकाले नेपालमा पनि त्यस्तै व्यवस्था गर्न माग गरिएको संघका प्रथम उपाध्यक्ष अनोज रिमालले जानकारी दिए ।



    सरकारले व्यावहारिक निर्णय नगरेसम्म असोज १ देखि सुरू गर्ने भनेको आन्तरिक उडानको सेवा दिन नसकिने उनले जनाएका छन् । यही व्यहोराको पत्र बुधबार नै मन्त्रालयमा दर्तासमेत गरिएको उनले बताए ।

    नेपालमा कोरोना भाइरसको संक्रमणको दोस्रा संक्रमित देखिएपछि सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेपछि आन्तरिक उडान बन्द हुँदै आएको छ । नेपाली उद्धार गर्न नियमित अन्तर्राष्ट्रिय उडान र चार्टर उडान खुला भइसके पनि आन्तरिक उडान नखोलिएको भन्दै हवाई सेवा सञ्चालकहरूले छिटो उडान खुला गर्न दबाब दिदै आएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार